उदास

Naveen Bohara

धेरै साथी अटाउँदैछन् फेसबुकमा अचेल
अाफ्नै पनि फटाउँदैछन् फेसबुकमा अचेल ।
`````````````````````````
चलाउँन जाने राम्रो नजानेमा दुःख कति
अन्धो माया पटाउदैछन् फेसबुकमा अचेल ।
`````````````````````````
नाता गोटा साथी सँगी सबै बिर्सिएर
सम्बन्ध नै हताउँदैछन् फेसबुकमा अचेल ।
````````````````````````
सस्तो सुलभ तरिकाले कुरा गर्न पाउँदा
तिर्सनानै घटाउँदैछन् फेसबुकमा अचेल ।
```````````````````````
नयाँ साथी बोल्न अाउँदा दिनकै च्याटमा
दिक्क समय कटाउँदैछन् फेसबुकमा अचेल ।।।।

Naveen bohara india Bangalore

#उदास


अतित

तिम्रो अतित ठगुन्ना

पक्कै कसैले बोलाई रहेछ पारिबाट ।
र त हेरी रहन्छ "अतित" चौतारीबाट ।।

मलाई आफ्नैहरु माथि शंका छ अचेल
जब गुलाफ हराए पछि फुलबारीबाट ।
र त हेरी रहन्छ "अतित" चौतारीबाट ।।

इमानदारीले सफल भैईदैन रहेछ थाहा भो
देखेपछि उसको सफलता चाकारीबाट ।
र त हेरी रहन्छ "अतित" चौतारीबाट ।।

#अन्य


yamu mahatara

यामु क्षेत्री

एउटी केटी अनि एउटा केटा फेसबूकमा भेट भए कुनै पोस्टमा ।
पहिला लाईक फेरी कोमेन्ट अनि पोस्ट भित्र च्याट ।
कहिले हँसी मजाक त कहिले तिता मिठा बात । फेरी 'add as friend'and
confrm friend''
त्यो नोटिफिकेसन संग थपिएको अलिकती खुशी साथै म्यासेजमा थपिन्दै
गइरहेको बात । चिने जाने झै साँझबिहान उस्कै याद । बिहान बिहानै
'Goodmorning' भन्नु अनि रात भर ब्युँझिदै 'GoodNight' भन्नु ।
दिनमा उस्को १० पल्ट म्यासेजको वेट गर्नु अनि म्यासेज पढेर मन मनै हाँस्नु ।
कहाँनी केहि अघी बढ्यो । दुबै जनामा प्रेम भयो । दुबै जनाले मनपरापर गर्न लागे
। फोन नंबर देखी पास्वर्ड चेन्ज सम्म भयो । दुबै जना खुस पनि थिए ।
केटी केहि धेरै साथी थिए । कुनै साथिले केटिलाई
भनिदियो कि त्यो केटा राम्रो छैनराम्रो बानी ब्यबहार छैन केटिलाई
बिस्वास भएन फेरी पनि केटिले प्रेम गरिरही ।तर त्यो देन
देखी केटिको मनमा एक प्रकारको संका उत्पन्न भैसकेको थियो र संकाले
उस्को प्रेमलाई अलि अलि खाँदै गैरहेको थियो । केटाले उस्लाई १ मिनेट लेट
रिप्ले गर्यो भने उस्ले बैमान सम्झिन लागी अझ केटा ''  समय
चोरी चो रि रिप्ले गर्ने गर्थ्योर पनि निस्ठुरी बैमानी भन्न लागिन ।तर
केटा पहिले कस्तो थ्यो त्यस्तै थियो ।अझ धेरै धेरै समय सम्म
बोलिरहन्थ्यो । बिस्तारै केटिकोअन्तै माया बस्यो ।केटिले केटालाई ब्लक
गर्दियो ।केटाको दिल टुट्यो । एउटा सुन्दर प्रेमको घर टुट्यो ।केटाले हार
मानिसकेको थियो ।उस्ले फेसबूक नि चलाउन छाडिसकेको थियो ।
त्यो केटी अहिले पनि अरु कसै संगखुशी देखिन्नन् केटिले
केटा खोजिरहन्थिन्,धेरै धेरै याद गरिरहन्थिन तर केटा उ बाट धेरै
टाढा गैसकेको थियो । कुनै कहाँनीएस्तो पनि हुने गर्छ......
मोरल : जब जिन्दगीमा कुनै चिज गुमाइन्छ अनि मात्र उस्को महत्व
केहो थाहा पाइन्छ ।

#अन्य



धड्कनमा तिमी छ्यौ

Malla Boss

यो जीवनमा तिमी छ्यौ
यी नयनमा तिमी छ्यौ
ढुक्ढुक् गर्दै ढड्किरहने
ढड्कनमा तिमी छ्यौ

#अन्य


अर्जुन को मन

Or'Zoon Dav

मनको किताबमा गुलाब उनको थियो,
रातको निद्रामा सपनी उनको थियो ।
कती माया गर्छौ मेरो प्रश्न मा
तिमी बिना मरछु उनको जवाफ थियो ।

#अन्य


चन्द्रमाको टुक्रा

Or'Zoon Dav

फुल जस्तो सुन्दर मुहार छ तिम्रो,
सबैको मन तिमीमा पागल छ,
मानिस भन्छन तिमी चन्द्रमा को टुक्रा हौ,
तर म भन्छु चन्द्रम नै तिम्रो टुक्रा हो ।

#अन्य


हात खुट्टा केहि छैन

बझाङ्गी कान्छो किरण बानिया

हात खुट्टा केही छैन खाना मात्र खान सक्छु!! तिमि जान तयार भएँ डोली चढाई लान सक्छु!!

#अन्य



भोगाई

राज लामा गुरुङ्ग

जुन प्रेम केवल शब्दमा मात्र सिमीत हुन्छ अनि अन्तरात्म देखि शृजना भएको प्रेम नै चोखो अनि निस्चल हुन्छ ।

#अन्य


हासी राख्नु है

राज लामा गुरुङ्ग

काडा बिच फुल बनी फुली राख्नु है
पुर्णिामा को जुन सरि हासी राख्नु है

जिन्दगिको सुख दुख एस्तै हो
गाई गित सुखको नाची राख्नु है

#उदास


माया

छबि राज क्षेत्री

उडे को चरी फर्केर आउँछ
मिर मिर रे साजह मा
दियको माया अङ्गगाली राखनु
मुटु को माझै मा




छबि राज क्षेत्री
हाल भारत मुम्बई
9082319861

#माया / प्रेम


मायामा राजनीति

KaMal MaHato

अचेल मायामा पनि चलखेल हुन थालेछ !
माया र प्रेममा पनि खरिद र सेल हुन थालेछ !!

पार्टी जस्तै गुटबन्दी र झमेल हुन थालेछ !
अचेल मायामा पनि चलखेल हुन थालेछ !!
माया र प्रेममा पनि खरिद र सेल हुन थालेछ !!

#माया / प्रेम


बिछोड

Naveen Bohara

किन लाग्छ पापीनीको माया
छोडेर गएपनि ..
झझल्को पपीनीकै आउँछ मलाई अन्तै नाता
जोडेर गएपनि ....
नबीन बोहरा

#बिछोड


गजल

गजलपेर्मी गन बहादुर राईफल

दुख्यो छाती कसैको याद, झल्किदा कलेजिमा
दढाएको छ अागो अाज,, सल्किदा कलेजिमा

छुट्टै अानन्दको नौलो,,बसाईमा हराए झै
हिरा मोती बनी त्यो चित्र, टल्किदा कलेजिमा

मसटुको घाउले प‍ल्दा अनायसै , दुखी धड्कन !
भिजे मेरो परेली अाँशु ,,छल्किदा कलेजिमा !!

निका अराम,तिर्खा भोक बिस्तारै हट्यौ बाबै !
उहीँ पीडा नि बारम्बार ,,पल्किदा कलेजिमा !!

बिरानो ठाउँ अाफ्नै लाग्छ,के सोचर होला खै !
अनायसै कसैको प्यार, ढल्कीदा कलेजिमा !!

#धोका


नभेटिएको मान्छे

Dipesh Tamang

भेटिएन कहिलेपनि, खोजेजस्तो मान्छे
भित्री मनको कुरा बुझ्ने ,सोचेजस्तो मान्छे
किन गर्छ सबले मलाई घृणामात्र हजुर
नजरभित्र रम्न सक्ने ,रोजेजस्तो मान्छे
के गल्ती भयो अाज मबाट उनलाई
च्वास्स मुटु दुखाइ गयो ,घोचेजस्तो मान्छे
तिमीबिना मेरो जीवन अपुरै छ
लाग्न थाल्यो अाज अाफै,मरेजस्तो मान्छे।।

#Dipesh Lama

#माया / प्रेम



तिम्रो मृत्यु

अपरिचित मान्छे

मुक्तक

त्यो दिन धेरै खुसी अनि थोरै पीर हुनेछ।
जव मेरो छातीमा प्रिया तिम्रो शिर हुनेछ।
मेरो मृत्युुमा खै के होला थाहा छैन मलाई,
तिम्रो मृत्यु सङ्गै जल्ने तैयारीमा वीर हुनेछ।

-अपरिचित मान्छे
-चितवन नगरी
-हाल नेपाली रहर
बालुवाको शहरमा

#माया / प्रेम


निम्तो

अपरिचित मान्छे

मुक्तक

हो तरबार हान 'बचन रूपी बोली हान!
यो प्रेमको युद्धमा बिरोधि म गोली हान!
म प्राण त्याग गर्न निम्तो दिदै छु आउनु,
तिम्रो मर्जी प्रहार आाज हान भोलि हान!

-अपरिचित मान्छे
-चितवन नगरी
-हाल नेपालीको रहर
बालुवाको शहरमा

#धोका


प्रेमि

अपरिचित मान्छे

गजल

यता पनि मिलाउने उता पनि मिलाउने भेटिन्छन्!
आफ्नै बनेर हजार प्रहार चोट दिलाउने भेटिन्छन्!

अनेक बहाना बनाउछन् केहि पलको लागि मान्छे,
फाईदाको खोजीमा शब्द जालमा जिलाउने भेटिन्छन्!

पहिले आफ्नोपन दिलाउछ र पराइ पात्र बनाउछ,
झुट्टा प्रेममा फसाएर क्षण भरमै बिलाउने भेटिन्छन्!

धोका हुन्छ जब टुट्छ मन फाट्छ मायामा पक्कै,
साँच्चै यो शहरमा फाटेको मन सिलाउने भेटिन्छन्!

हिजो प्रेमिका बनेर आउने मान्छे दुर हुनको निमित्त,
किन आफ्नै प्रेमिको हत्या गर्न जहर पिलाउने भेटिन्छन्!

#माया / प्रेम