गजलपेर्मी गन बहादुर राईफल

गजल


दुख्यो छाती कसैको याद, झल्किदा कलेजिमा
दढाएको छ अागो अाज,, सल्किदा कलेजिमा

छुट्टै अानन्दको नौलो,,बसाईमा हराए झै
हिरा मोती बनी त्यो चित्र, टल्किदा कलेजिमा

मसटुको घाउले प‍ल्दा अनायसै , दुखी धड्कन !
भिजे मेरो परेली अाँशु ,,छल्किदा कलेजिमा !!

निका अराम,तिर्खा भोक बिस्तारै हट्यौ बाबै !
उहीँ पीडा नि बारम्बार ,,पल्किदा कलेजिमा !!

बिरानो ठाउँ अाफ्नै लाग्छ,के सोचर होला खै !
अनायसै कसैको प्यार, ढल्कीदा कलेजिमा !!

#धोका