Naveen Bohara

उदास


धेरै साथी अटाउँदैछन् फेसबुकमा अचेल
अाफ्नै पनि फटाउँदैछन् फेसबुकमा अचेल ।
`````````````````````````
चलाउँन जाने राम्रो नजानेमा दुःख कति
अन्धो माया पटाउदैछन् फेसबुकमा अचेल ।
`````````````````````````
नाता गोटा साथी सँगी सबै बिर्सिएर
सम्बन्ध नै हताउँदैछन् फेसबुकमा अचेल ।
````````````````````````
सस्तो सुलभ तरिकाले कुरा गर्न पाउँदा
तिर्सनानै घटाउँदैछन् फेसबुकमा अचेल ।
```````````````````````
नयाँ साथी बोल्न अाउँदा दिनकै च्याटमा
दिक्क समय कटाउँदैछन् फेसबुकमा अचेल ।।।।

Naveen bohara india Bangalore

#उदास