अपरिचित मान्छे

प्रेमि


गजल

यता पनि मिलाउने उता पनि मिलाउने भेटिन्छन्!
आफ्नै बनेर हजार प्रहार चोट दिलाउने भेटिन्छन्!

अनेक बहाना बनाउछन् केहि पलको लागि मान्छे,
फाईदाको खोजीमा शब्द जालमा जिलाउने भेटिन्छन्!

पहिले आफ्नोपन दिलाउछ र पराइ पात्र बनाउछ,
झुट्टा प्रेममा फसाएर क्षण भरमै बिलाउने भेटिन्छन्!

धोका हुन्छ जब टुट्छ मन फाट्छ मायामा पक्कै,
साँच्चै यो शहरमा फाटेको मन सिलाउने भेटिन्छन्!

हिजो प्रेमिका बनेर आउने मान्छे दुर हुनको निमित्त,
किन आफ्नै प्रेमिको हत्या गर्न जहर पिलाउने भेटिन्छन्!

#माया / प्रेम