Title Category Gajal
महान अन्य मिति 2075/08/25 ज्ञानको ज्योति छर्नी पो त महान सास रहुन्जेल कोसिस गर्नी पो त महान ।। अरुले चलायको डुङ्गा त जो पनि चढ्न सक्छ हजुर पौडिएर बर्खे भेल तर्नी पो त महान ।। पाए सम्मत लुट्नै खोज्छ्न मानिसहरु दुख पर्दा नजिक सर्नी पो त महान ।। अरुलाइ बसाई सुनको महलमा आफू एक्लै झुपडीमा पर्नी पो त महान ।। आजका युबा युवती हरु प्रेमकै लागि मर्छन देसकै लागि जन्मिएर मर्नी पो त महान ।। # किरन मगर रुकुम नुवाकोट