Title Category Gajal
मजै अर्को अन्य तिम्रो  यादमा  तडपिएर, बस्नुको मजै अर्को खुकुरिको नाङ्गो धारमा, खस्नुको मजै अर्को भोक,तिर्खा,निन्द्रा छैन,जेसुकै होस भए पनि पिरतीको माया जालमा, फस्नुको मजै अर्को संगै बसि एक अर्कामा,माया साट्नु केही हैन टाढै  देखि  चाहानाले , डस्नुको  मजै  अर्को सोधेर त आउने जाने , जोसुकैले  गरेकै छन सुटुक्क त्यो ढोका खोली,पस्नुको मजै अर्को बिपनीमा  तिम्रो साथ , नपाएर  के  नै भो र सपनीमा  अंगालोमा , कस्नुको  मजै  अर्को