Title Category Gajal
rastasewak अन्य फर्किन्छु आमा त्यो घर एकदिन रास्ट्रसेवक बनेसी सम्झन्छु सधै रास्ट्रको माया मुटुमा राखेसी म आउने बेला घरमा हेर्ने कोहि पनि थिएन सम्झधै होउली त्यो छोरो पनि खै किन आएन अधुरा नहुन सपना ती साकार पर्नेछु बैरिलै पछि म अघि बढी सिमाना कोर्नेछु नरुनु आमा हजुरको छोरो बहादुर भको छ देशको जिम्मा काधमा बोकि फर्केर आउनेछु मुलबातो हेरि नबस्नु आमा अबश्य फिर्नेछु दुधको धारा पसिना सारा त्यो गुण तिर्नेछु नगर्नु चिन्ता हजुरको छोरो रास्ट्रसेवक हुनेछ नेपाली सान गोउरब गान सिपाही बन्नेछु !!!!!!
dasai अन्य दसैं आयो घर फर्क कान्छा भन्छिन आमा।। म आउने बाटो हेर्दै रातदिन गन्छिन आमा।। अर्काको रासन जङ्गीको कासन बिदा मिल्दैन आमा, अर्को त साल अबश्य आउनेछु बाटो नि भुल्दिन आमा, मेरो दुख कष्ट आफ्नै ठानी सहन्छिन आमा, टीकाको दिन फोन गर्छु तपाईंलाइ आमा, आशिर्वाद दिनुस मलाइ फोनबाट आमा!!!
pida अन्य छोरो आउने बाटोकुर्दै बस्नुभाको होला झिनो आस बोकि मन कस्नुभाको होला छोरो बिना पर्बहरु मान्नु पर्दाखेरि भित्र आँसु लुकाइ बाहिर हाँस्नुभाको होला सपरिवार जम्मा भइ दसै मान्ने रहर सजायर सपनाहरू गाँस्नुभाको होला कयौं पटक मेरा खुसी पुरा गर्न आमा आफ्नो इच्छा रहरहरु माँस्नुभाको होला
dashai अन्य भन्छन सबै दसै आयो घर आउने हैन दसै मान्न नपाएको धेरै बर्स भयो रातो टीका जमरा सब ओइलिएर गयो दाइहरु नि यो दसैमा नहुने रे भेला आँसु झार्लान बा आमाले टीका लाउने बेला नदुखाउनु आमा मन शून्य भयो भनी आउछु भन्या आउनु पाइन यस्तै भयो नि यो बर्समा आउन पाइन दसै बिदा पक्कै आउला महल जस्तो झुपडीमा खुसियाली पक्कै ल्याउला!
chadparba अन्य जन्माएकी देशकै लागि सधै सथ नखोज भो भक्कानिदै नसुनाउ भो चाडपर्ब रुदै गयो म छु र पो यो देश छ नेपाल भन्न पाइएको छ यहि माटोलाइ सिन्दुर सम्झी शिरभरी लगएको छु तिमी जस्तो हजार आमा बाटो हेरि रुन्छन यहाँ शान्तिको सास फेर्छ मुलुक तिम्रो सन्तान पुग्छ जहाँ गर्व गर मेरि आमा देशको सन्तान जन्माएकोमा वीर सपूत जन्माएर देशलाइ गुन लगाएकोमा हतार छ मलाइ यहाँ उच्छ राख्न देशको नाम बाटो हेरि पर्खी राख दसै मान्न आउछु आमा!!!!!!
gajal अन्य बसी बसी थाकी सके,प्रदेशको बसाइमा/ हिडी हिडी गलि सके,गरीबीको घिसाईमा// पैसा ठुलो हुदो रैछ,मान्छेको त्यो सोचाईमा/ मान्छे तब रुन्छ यहाँ,प्रदेश को भोगाईमा// सपना त हजारौ छन,घर तिरको हेराइमा/ दुःख लाग्छ आफु हेरी,प्रदेशको बेराइमा// सम्झी रुन्छु एकान्तमा,घर परिवारको यादैमा/ प्रदेशको यात्रा लामो, कोई हुदैन आफ्नो साथैमा//
aama अन्य "आमा" कति पवित्र शब्द छ । हो "आमा" यो एउटा शब्द नै काफी छ । छोराछोरीले आफ्नो सबै दु:ख पीडा भुलाउनको लागि मलाई कसैले स्वर्ग कस्तो हुन्छ होला भनेर सोध्यो भने मैले जवाफ दिनेछु 'आमाको काख' त्यही हो स्वर्ग जहाँ हामिले आफ्नो जिन्दगिको सबैभन्दा रमणीय पलहरु बिताएर आएका छौ । मरेपछी स्वर्ग जाने भनेर किन बाहिर बाहिर मन्दिरको ढोका पुग्ने गर्छौ एक पटक आमाको चरणमा शरण लिएर बस स्वर्ग त्यही छ । छोराछोरी अघाएन कि उनिहरुको पेट भरिएन कि भनेर आफ्नो मुखमा लगेको गाँस पनि नखाई हाम्रो पेट भर्नु भयो । सानोमा हामिले पिसाब गरेको चिसो ठाउमा आफू सुतेर हामिलाई न्यानो बिछ्याउनामा सुताउनु भयो । अझै कस्तो लाटो पारामा अरुलाई भन्नू हुन्छ । मेरो बाबु मेरो छोरा चिसो ठाउमा सुत्यो भने बिमार हुन्छ । कठै कति सोझी मेरि आमा मलाई लाग्ने रोग आफुलाई लागाउनु हुन्छ र पनि मेरै चिन्ता गर्नु हुन्छ । कति निश्चल छन् उहाँले गर्ने माया । अझै पनि आफुलाई पीडा हुदा त्यही आमाको काख खोज्ने गर्छु म जहाँ पल्तियर सबै दु:खहरु भुलाउन सक्छु मैले । भन्नेले पनि सत्य भनेको हो "यदि मेरो भाग्य लेख्ने अधिकार मेरि आमालाइ दिएको भए साच्चिकै मेरो भाग्यमा दु:ख लेखियको हुदैन थियो होला"। तर केही छैन मेरो भाग्य भनेकै मेरि आमा हुनु हुन्छ हो म संग मेरि आमा हुनु हुन्छ । भाग्य लेख्ने अधिकार नभएर के भयो त त्यो भन्दा ठूलो उहाँले दिने आशीर्वाद नै काफी छ मेरो लागि जस्ले गर्दा म आफुलाई भाग्यमानी ठान्छु । मैले यो धर्तिमा पाइला टेक्ने अवसर पाए केवल आमाले गर्दा मैले यो दुनिया देख्न पाए त्यही आमाले गर्दा म आज जे जस्तो छु मात्र मेरि आमाले गर्दा बद्लामा हामिले आमाको लागि केहि गर्नु पर्दैन उहाँको मुहारमा कहिले आँसु नल्याइदेउ उहाँहरुलाई सधै खुसी राख्ने प्रयास गरौ त्यही त हो हामी छोरा छोरी को कर्तब्य । मेरि आमा मलाई छाडेर कहिले टाढा नगई दिए हुन्थ्यो जस्तो लाग्छ मलाई मात्रै किन संसार का सबै छोरा छोरी लाई नै यस्तै लाग्छ होला नि है ?कि उनिहरुलाई जन्म दिने आमाले कहिले उनिहरुलाइ छाडेर टाढा नभई दिए हुन्थ्यो भनेर । सधै हामी संगै हाम्रै छाया बनेर बसिदिए हुन्थ्यो भनेर । तपाईको आशिर्वाद सधै यसरी नै मेरो जिबनमा रहोस! I miss you mom n love you!
betha अन्य जिन्दगी देखि हार खाइसकेको मान्छे म नसोध मलाइ तिमिलाइ कस्तो छ भनेर, झन आलो घाउमा नुन छ रेजस्तो हुन्छ न त भन्न सक्छु न देखाउन नै_____