Imala Kaveli Tawa

मुक्तक


मुक्तक
कि त अनुमानले चलाउँछ मेरो देश ।
कि त हनुमानले चलाउँछ मेरो देश ।।
रिसराग छोडेर बुद्धिविवेक सहित ।
खै कहिले स्वाभिमानले चलाउँछ मेरो देश ।।

कहिले टाउकाको मोल तोक्नेहरू देखियो ।
कहिले आफै गह्नाएर बोक्नेहरु देखियो ।।
जे बोले नि भैहाल्यो, पुर्याउन नपरेपछि ।
धरातल बिर्सेर थरीथरी खोक्नेहरू देखियो ।।

नकराऊ न, केही दिन चरेर जान्छु ।
तुईनको ठाउँमा पुल तरेर जान्छु ।।
सरुवा, बढुवा, एकरदुई अर्ब बाँडि ।
खासखास मान्छे नियुक्ति गरेर जान्छु ।।

#अन्य