Ridam Chhetri Kunwar

साहारा


ए रात अाईज न ल
निल्न मलाई
उनकाे सपना बाेकि
चिल्न मलाई
अब त मात्र मेरो हाे
भर छैन कसैकाे
खुलेर कराउँछु म त
डर छैन कसैकाे
खुसि र हासाे के हाे
कालाे मात्र देख्छु
मर्न पर्ने हुलमा अाफ्नै
पालाे मात्र देख्छु
ए रात भन्देन म लाई
मर्न कसरी सहज
डुब्न लागे अासुँ मा अब
तर्न कसरी सहज
सास त भाग्य ले खायाे
छाति पिर ले
मुटु मा प्वाल पार्छ
तिम्रो याद ले
भत्केकाे घर भाे शरीर
छाेडेर गय सब
दु:खी छस् त भन्दै नाता
ताेडेर गय सब
ए रात भन्देन म लाई
गरुँ के अब
तँ पिन चुप लागि बस्दा
मरु के अब...................?

#उदास