अवसर गौतम

याद


हेर्नेले हेर्नुपर्ने काम याद राखेन
ऐनाले नि हेर्नेको नाम याद राखेन
पसलेले बारम्बार सामान बेचिरह्यो
सामनले भने आफ्नै दाम  याद राखेन
समयमै पुग्नेथिये सोचेको गन्तव्यमा तर
सगै हिड्या घोडाले लगाम याद राखेन
यसरी टुट्ला सम्बन्ध हाम्रो सोचिन कहिल्यै
बिश्वासले आफ्नै मनकै राम याद राखेन

#अन्य