Basha Bhai

आमा र बूबा


हजुरहरूको चाहनामा

मेरो जिवन

यस सुन्दर संसारमा आमन्त्रण गर्ने

मेरो आमा बुबा !

बुबाको एक बुँद त्यो विर्य

कतै खेर गएको भए

आमाले आफ्नो मृत्यु वरण

सम्म हुन सक्ने

त्यो प्रशव पिडा

हाँसी हाँसी स्वीकार नगरेको भए

के मेरो जन्म संभव हुन्थ्यो ?

पक्कै हुने थिएन !

हजुरहरूको सन्तानको हुन पाएकोमा

म शौभाग्यशाली ठान्छु ।

कुनै त्यस्तो शब्द छैन

जुन हजुरहरूको प्रशंसाको लागी

पर्याप्त होस

मलाई धर्तिमा आफ्नो सन्तानको रूपमा

पाइला टेकाउने हजुरहरू

महान हुनु हुन्छ

म सदाको लागी कृतज्ञ छु ।

#धोका