Nirdosh Abiral Shahi Thaquree

bichod


फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ

तिमी त हासो साथ बाच्न सक्छौ तर म सक्दिन अब
तिमीलाइ सम्झी आशु झार्लान् यी दुइ नयन पुछेर जाउ
फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ

अतितलाइ भुलिदिनु तिमी मबाट टाढा हुदा
मन्दिरमा गइ कसैसंग मायाजाल बुनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ

तिम्रो मुटुको कुनाबाट म बिरानो हुदा
त्यो ढुकढकीमा राख्न सच्चा साथि चुनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ
बेदना Uhi nirdosh

#बिछोड