Renuka Gckhatiwoda

naitikata


भोक्ताबाद बढेको छ ,नैतिकताको ह्रास बढेको छ ।
कम्प भयानक छ , सम्बन्धको विनास बढेको छ ।

बाबु प्रदेसिएपछि , माइको गुडमा बास घटेपछि
अब पाइन्नकी त चारो ,बचेरामा त्रास बढेको छ ।

वाक्यले अर्थ दिदैनन, शब्द विचलन भएका छन
वाध्यताको विग्रह छ , नमिल्दो समास बढेको छ ।

पोखिएपछि कुकर्मका घैला छताछुल्ल पोखिएपछि
मानिसको धर्तीबाट स्वेच्छिक अवकाश बढेको छ ।।

#अन्य