Timro sathma hasna paye (तिम्रो साथमा हाँस्न पाए)


(तिम्रो साथमा हाँस्न पाए
तिम्रो काखमा रुन पाए )२
(सारा दुख हाँस्दै झेल्थें
जीवन साथी हुन पाए )२
ओ प्रिया...तिमी नै हो मेरो संसार
ओ प्रिया...तिमी नै हो जिउने आधार

(तिमी बिना जीवन मेरो
रात जस्तै हुन्छ होला )२
(हाँगाबाट छुट्टिएको
पात जस्तै हुन्छ होला )२
तिम्रो मेरो मायाको फूल
माला जस्तै गाँस्न पाए
(सारा बाधा हाँस्दै झेल्थें
तिम्रो बनि बाँच्न पाए )२
ओ प्रिया...तिमी नै हो मेरो संसार
ओ प्रिया...तिमी नै हो जिउने आधार

(मैले देखने सपना छैन
तिमी बाहेक अरु कुनै )२
(मनको मालिक बनाउन
छैन लायक अरु कुनै )२
तिर्खा लाग्दा मूलको पानी
तिम्रै हातले पिउन पाए
(भाग्यमानी हुन्थे होला
तिम्रो बनि जिउन पाए )२
(ओ प्रिया...तिमी नै हो मेरो संसार
ओ प्रिया...तिमी नै हो जिउने आधार )२


Pramod Kharel
pop