Lovely Shrestha

pida


छोरो आउने बाटोकुर्दै बस्नुभाको होला
झिनो आस बोकि मन कस्नुभाको होला
छोरो बिना पर्बहरु मान्नु पर्दाखेरि
भित्र आँसु लुकाइ बाहिर हाँस्नुभाको होला
सपरिवार जम्मा भइ दसै मान्ने रहर
सजायर सपनाहरू गाँस्नुभाको होला
कयौं पटक मेरा खुसी पुरा गर्न आमा
आफ्नो इच्छा रहरहरु माँस्नुभाको होला

#अन्य