Lovely Shrestha

aama


"आमा"
कति पवित्र शब्द छ । हो "आमा"
यो एउटा शब्द नै काफी छ । छोराछोरीले आफ्नो सबै दु:ख पीडा भुलाउनको लागि
मलाई कसैले स्वर्ग कस्तो हुन्छ होला भनेर सोध्यो भने मैले जवाफ दिनेछु 'आमाको काख' त्यही हो स्वर्ग जहाँ हामिले आफ्नो जिन्दगिको सबैभन्दा रमणीय पलहरु बिताएर आएका छौ । मरेपछी स्वर्ग जाने भनेर किन बाहिर बाहिर मन्दिरको ढोका पुग्ने गर्छौ एक पटक आमाको चरणमा शरण लिएर बस स्वर्ग त्यही छ ।
छोराछोरी अघाएन कि उनिहरुको पेट भरिएन कि भनेर आफ्नो मुखमा लगेको गाँस पनि नखाई हाम्रो पेट भर्नु भयो । सानोमा हामिले पिसाब गरेको चिसो ठाउमा आफू सुतेर हामिलाई न्यानो बिछ्याउनामा सुताउनु भयो । अझै कस्तो लाटो पारामा अरुलाई भन्नू हुन्छ । मेरो बाबु मेरो छोरा चिसो ठाउमा सुत्यो भने बिमार हुन्छ । कठै कति सोझी मेरि आमा मलाई लाग्ने रोग आफुलाई लागाउनु हुन्छ र पनि मेरै चिन्ता गर्नु हुन्छ ।
कति निश्चल छन् उहाँले गर्ने माया ।
अझै पनि आफुलाई पीडा हुदा त्यही आमाको काख खोज्ने गर्छु म जहाँ पल्तियर सबै दु:खहरु भुलाउन सक्छु मैले ।
भन्नेले पनि सत्य भनेको हो "यदि मेरो भाग्य लेख्ने अधिकार मेरि आमालाइ दिएको भए साच्चिकै मेरो भाग्यमा दु:ख लेखियको हुदैन थियो होला"। तर केही छैन मेरो भाग्य भनेकै मेरि आमा हुनु हुन्छ हो म संग मेरि आमा हुनु हुन्छ । भाग्य लेख्ने अधिकार नभएर के भयो त त्यो भन्दा ठूलो उहाँले दिने आशीर्वाद नै काफी छ मेरो लागि जस्ले गर्दा म आफुलाई भाग्यमानी ठान्छु ।
मैले यो धर्तिमा पाइला टेक्ने अवसर पाए केवल आमाले गर्दा मैले यो दुनिया देख्न पाए त्यही आमाले गर्दा म आज जे जस्तो छु मात्र मेरि आमाले गर्दा बद्लामा हामिले आमाको लागि केहि गर्नु पर्दैन उहाँको मुहारमा कहिले आँसु नल्याइदेउ उहाँहरुलाई सधै खुसी राख्ने प्रयास गरौ त्यही त हो हामी छोरा छोरी को कर्तब्य ।
मेरि आमा मलाई छाडेर कहिले टाढा नगई दिए हुन्थ्यो जस्तो लाग्छ मलाई मात्रै किन संसार का सबै छोरा छोरी लाई नै यस्तै लाग्छ होला नि है ?कि उनिहरुलाई जन्म दिने आमाले कहिले उनिहरुलाइ छाडेर टाढा नभई दिए हुन्थ्यो भनेर । सधै हामी संगै हाम्रै छाया बनेर बसिदिए हुन्थ्यो भनेर ।
तपाईको आशिर्वाद सधै यसरी नै मेरो जिबनमा रहोस!
I miss you mom n love you!

#अन्य