Prakrity Dhimal

मीठो बोली


मायालुको मीठो बोली, सुनौ सुनौ लाग्छ
पिरथिको गाथाभरी , बुनौ बुनौ लाग्छ ।

जिन्दगीको कथा व्यथा , पोखुँ पोखुँ सरि
मरि जाने चोला हाम्रो , गुनौ गुनौ लाग्छ ।

बसन्तको सुसेलिमा , उनकै याद आउँदा
बगैचाको फुल भरी , चुनौ चुनौ लाग्छ ।

मायालुको मीठो बोली, कोइलिको भाका
ह्रदयको पाना भरी, थुनौ थुनौ लाग्छ ।
***

#अन्य