Bikesh Darchula

गजल .....


सालै बित्यो युग फेरियो तिम्रो नजर उस्तै देख्छु!! उहीँ स्पर्श दिलमा आगो प्यासी आधार उस्तै देख्छु!

हजार खुसी लाखौ रंग किन्यौ मन चै के गर्यौ नि!!
फेरिएन माया बिक्ने सहर तिम्रो उस्तै देख्छु!!

हिड्ने बाटो फेरिएछ गाेरेटाे थ्यो कि सडक किन्यौ!!
आफू हिड्ने बाटो भने गाउँको डहर उस्तै देख्छु!!

मेरो खुसी झुल्के घाम भो तिम्रो सधै उदाइरह्यो!! पिडा लुकाइ हासी हिड्ने निर्धो सफर उस्तै देख्छु!!

कहिले पो फेरिन्छ र तलाउमा जम्ने पानी!!
सङ्लो प्रीती नअडिने दिलको बगर उस्तै देख्छु!!

#उदास