Bikesh Darchula

जिन्दगी


गजल
चिन्ता नै चिन्ताको विषय आयो जिन्दगीमा!!
सोचेँ उस्ले खुशी कसरी कमायो जिन्दगीमा!!

दिन दहाडै हतियार बोकेर आउछन् म कहाँ!!
यो अत्याचार गर्न कस्ले सिकायो जिन्दगीमा!!

भाग्य खराब भनौँ वा मान्छे दोधार छ यो मन!
यहिँ सोच्दासोच्दै मन कति खायो जिन्दगीमा!

चुनौति दिनेहरुले निशुल्क पठाएका हुन् यहाँ!
अनि त यो ज्यानले पाउँनु दुख पायो जिन्दगीमा!

आँखा अगाडि मुटू बेचिन्छ आँफ्नै यहाँ हेर्नुस!!
यो मुटु बेच्ने ब्यापारी किन बनायो जिन्दगीमा!!

अन्जान ब्याक्तिले यस्तो खबर ल्याएर आयो!!
एकएक शब्दले मन रुवाउनु रुवायो जिन्दगीमा!

नत बद्ला लिएको थिएँ नत खराब बनेको थिएँ!
सधैँ मेरो पछाडि दुष्मन किन धायो जिन्दगीमा!!

बिकेश सिंह बिस्ट
दार्चुला

#उदास