Prakrity Dhimal

१७. गजल


-नौ डाँडा पारी

बिहानी भयो नौ डाँडा पारी हिमाल खुल्यो कि ?
पारिलो घाम रमाइलो पाखा, बसन्त झुल्यो कि ?

हिमाल माथी बिरही भाका बेंस्सरी गाएको
बनको चरी कुहुँमा कुहुँ, त्यो रुदै डुल्यो कि ?

छुटेको दिल भेटघाट छैन, चखेंवा जोडिको
पहाडी सारा चारकोसे झाडी , त्यो बनै रुल्यो कि ?

बिहानी भयो चखेवा चरी रुदैमा हजुर !
छुटेको दिल भेटघाट छैन, अन्तै पो फुल्यो कि ?
***
- डम्बर धिमाल (प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य