Prakrity Dhimal

१६. गजल


-बाध्यता

नरुनु आँसु बगाई प्रीय, म आउछु फर्केर
बिर्सेको छैन कसम हाम्रो बस्नु है पर्खेर ।

बाध्यता हाम्रो धनखेती छैन, सरकारी जागीर
नमरी जानू नगरी खानु, बिदेश लर्केर ।

दुई चार पैसा हुन्छ कि भन्दै लागे नि बिदेश
सम्झना प्राण सपना सारा, कसम तर्केर ।

मनको पिडा अति भो , गाढा माया नि हजुर
आएको थिएँ रातो सिंदुर , शिरमा छर्केर ।

पर्खेर बस्नु आउछु नि माया फर्केर हजुर
बचन मेरो जादैन खेर आउने छु हर्केर ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।

#अन्य