Prakrity Dhimal

१३. गजल


-मायालुको मीठो बोली

मायालुको मीठो बोली, सुनौ सुनौ लाग्छ
पिरथिको गाथाभरी , बुनौ बुनौ लाग्छ ।

जिन्दगीको कथाव्यथा , पोखुँ पोखुँ सरि
मरि जाने चोला हाम्रो , गुनौ गुनौ लाग्छ ।

बसन्तको सुसेलिमा , उनकै याद आउँदा
बगैचाको फुल सरी , चुनौ चुनौ लाग्छ ।

मायालुको मीठो बोली, कोइलिको भाका
ह्रदयको पाना भरी, थुनौ थुनौ लाग्छ ।

जिन्दगीको पानाभरी उन्लाई सजाई राखुं
सप्त रंगी फुल अनि, उनौ उनौ लाग्छ ।
***
- डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी- मोरङ ।

#अन्य