Prakrity Dhimal

१२/ परदेशबाट


परदेशी ठाउँमा दु:ख हो या सु:ख बाँचेकै छु आमा
बिर्सेर अतित कैले काहीँ सम्झेर हाँसेकै छु आमा
आमाको माया मर्ने छैन कल्पिन्छु जहिले नयनमा
उराठै लाग्दो भूमिमा अञ्जानी साइनो गाँसेकै छु आमा ।

न मरि जानू नगरी खानु जतिकै भएको छु आमा
बिरानो गाउँमा छैन नि कोहि आँसु धोएको छु आमा
सम्झेर ल्याउदा भक्कानो फुटी छाती मै गडद्छ !
कहिले होला स्वदेश फर्किने दिन कुर्दै रोएको छु आमा ।
***
-दुर्गापुरी- मोरङ ।

#अन्य