Prakrity Dhimal

४/ गजल


- चेली तिमी

जीवनका पाइलाहरु निरन्तर चाली रहनु तिमी
तब सफलता मिल्ने छ मन संगाली रहनु तिमी ।

जीवनमा धेरै चुनौतीहरु आउनेछन् सामना गर्नु
निरास कैल्यै नहुनु हिम्मतले पगाली रहनु तिमी ।

आत्माविश्वास झन्झन् बढेर पहाड बन्न सकोस्
यात्रामा जोस र जाँगरको दिप बाली रहनु तिमी ।

साहसले नै जिन्दगी जित्न सकिन्छ निश्चय पनि
भित्रि मन र बचनले शुभ कार्य थाली रहनु तिमी ।

संघर्ष नै जीवन हो जो प्राकृतिले सुम्पि देको छ
अटुट पाइलाहरु सधै अगाडि फालि रहनु तिमी ।
***
26/11/018,२०७५ मंसिर १० सोमबार ।
ले. डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति )
नपा- उर्लाबारी - ८ मोरङ दुर्गापुरी ।

#माया / प्रेम