१२/ परदेशबाट

Prakrity Dhimal

परदेशी ठाउँमा दु:ख हो या सु:ख बाँचेकै छु आमा
बिर्सेर अतित कैले काहीँ सम्झेर हाँसेकै छु आमा
आमाको माया मर्ने छैन कल्पिन्छु जहिले नयनमा
उराठै लाग्दो भूमिमा अञ्जानी साइनो गाँसेकै छु आमा ।

न मरि जानू नगरी खानु जतिकै भएको छु आमा
बिरानो गाउँमा छैन नि कोहि आँसु धोएको छु आमा
सम्झेर ल्याउदा भक्कानो फुटी छाती मै गडद्छ !
कहिले होला स्वदेश फर्किने दिन कुर्दै रोएको छु आमा ।
***
-दुर्गापुरी- मोरङ ।

#अन्य


११/ जीवन संघर्ष हो

Prakrity Dhimal

प्रतिस्पर्धामा लडिन्छ तर लडे उठ्न हार मानिदैन
जिवन संघर्ष हो, हारे पनि कहिल्यै बार मानिदैन
एकदिन न एकदिन त अधिकार लिएरै छाड्ने हो
परेको अन्यायसित लड्न कुनै पनि भार मानिदैन ।
***
-दुर्गापुरी: मोरङ ।

#अन्य


(माया)

Pun Kanxa

झुक्दैन माया झुकाइ कसैले।
लुक्दैन माया लुकाइ कसैले।।

निरन्तर बग्ने झरना हो मया,
सुक्दैन माया सुकाइ कसैले।।

कडा र कठोर चत्तान हो माया,
फुत्दैन माया फुताइ कसैले।।

सदाबहार हरियाली हो माया,
सुक्दैन माया सुकाइ कसैले।।

दुई मुटुको बन्धन हो माया,
फुक्दैन माया फुकाइ कसैले।।
पुन कान्छा
रोल्पा।

#अन्य


१०/यात्री हामी

Prakrity Dhimal

साथी हामी विश्व हाँक्न यहिबाट थालौ अब
अजम्बरी नाता गाँस्दै फेरि मन गालौ अब ।

सेता मगुराली जम्मा भएर एक हुनु जुटाउनु
एक भइ संघीय साथीहरु यहिबाट ढालौ अब ।

बाँकी के नै छर, खुलेआम देख्छु सडकहरू
क्रान्तिकारी तेजवान पाइलाहरु चालौ अब ।

तेरो र मेरो होईन संघीय स्वायत्त राजबनाऔ
पुर्खाको अस्तित्व बोकि दीपशक्ती बालौ अब ।

अहिलेको राज्य सरकार कम्जोर भै सके छ
पर्खेर नबसौ यै मौकामा बन्दुक उचालौ अब ।
***
- डम्बर धिमाल ( प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य


जिन्दगि

जंग बहादुर राणा

पापको घडा भर्ने जिबित देख्दा सवाल आउछ
राम्रो मान्छे लिन भनि यहॉ पहिले काल आउछ

मन मुटुमा कस्लाई सजाएको छस भनि सोध्दा
जवाफ एक तिमि आउछौ अर्को नेपाल आउछ

सॉच्चै मलाई यो बाढि पहिरो अनि सरकार उस्तै
लाग्छ किनकि यो हाम्रो देशमा हर साल आउछ

नारिको पिडा नारिले नबुझ्ने कस्तो बिडम्बना हो
सधै झगडा सासु बुहारिको गाला मुखाल आउछ

जन्मिदा आफु रूने मर्दा अरूलाई रूवाउने कठै
जिन्दगि बॉचुन्जेल सताउन दुखको बगाल आउछ


एस.के टंक कडायत
मेल्लेख गॉउपालिका शोडषा ६ अछाम

#माया / प्रेम


12

Dhan Raj Mauni

Dhan Raj manni Mannkapadi

#अन्य


देश भक्ति गजल

Narendra Singh

जनक जाजरकोट जिल्ला नेपाल
बारेकोट घर

#अन्य


९/दुनियाँमा अचेल

Prakrity Dhimal

तपाई भन्दा मपाई नै धेरै छन् दुनियाँमा अचेल
गाउँघरमा भन्दा नि धेरै छन् शहरियामा अचेल
साना देखि ठुलैसम्म नेता देखि व्यावसाय सम्म
घुसपैठमै अल्झि रने सरकारी निकायमा अचेल ।
***
- डम्बर धिमाल (प्राकृति )
नपा. उर्लाबारी-८, दुर्गापुरी- मोरङ ।

#अन्य


महान

Kiran Kriss Magar

मिति 2075/08/25
ज्ञानको ज्योति छर्नी पो त महान
सास रहुन्जेल कोसिस गर्नी पो त महान ।।

अरुले चलायको डुङ्गा त जो पनि चढ्न सक्छ हजुर
पौडिएर बर्खे भेल तर्नी पो त महान ।।

पाए सम्मत लुट्नै खोज्छ्न मानिसहरु
दुख पर्दा नजिक सर्नी पो त महान ।।

अरुलाइ बसाई सुनको महलमा
आफू एक्लै झुपडीमा पर्नी पो त महान ।।

आजका युबा युवती हरु प्रेमकै लागि मर्छन
देसकै लागि जन्मिएर मर्नी पो त महान ।।


# किरन मगर
रुकुम नुवाकोट

#अन्य


८/ गजल

Prakrity Dhimal

नयाँ युग

उर्लिनुपर्छ सुकेका, नदि- नाला खोलिहरु
उड्नु पर्छ धुवा- धुलो झैं काला डोलिहरु ।

सृष्टिका पतिङ्गर खोलिसंगै बुलन्दित भइ
त्याग र तपस्या बिना केही हुन्न गोलिहरु ।

नयाँ युग आइसक्यो मित्र हाम्रै काँधमाथी
मुटु भित्र मन कति कैद राख्छौ बोलिहरु ।

नयाँ बिहानीका निम्ति जुट्नै पर्छ आखिर
बोक्नै पर्छ समयका, गोलि र झोलिहरु ।
***
-डम्बर धिमाल (प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य


मेरो देश

Nabraj Jaishi

१: मैले पनि देश चलाउने अठोट सोच लिएको छु
कमजोर छैन भ्रष्ट हो नेपाल आमाको दूध पिएको छु

२: कोशी बेचे ,काली बेचे ,बेच्दै छन कर्णाली पनि
अमृत सरि पानी छैन दुखी जिबन जिएको छु

३: आधा जनता गरिबी छन ,खान लाउन अभाव नै छ
अनाथलाई शिक्षा दिने मैले वचन दिएको छु

४: डोटि ,बझाङ ,हुम्ला ,जुम्ला भोकमरी को समस्या छ
ती दुखीले फुटाएको कलेजी यो सिएको छु
मैले पनि देश चलाउने अठोट सोच लिएको छु


नाम: नबराज जैसी (एन आर )
जन्म स्थान : लम्की चुहा न पा २ भल्का कैलाली
पेशा :अध्ययन (BBA )
Excel Business College New Baneshwor Kathmandu

#अन्य


७/ किन ?

Prakrity Dhimal

किन हुन्छ देशमा यस्तो पालैपालो बलात्कार
दिनहु जस्तो हुन्छ घटना साह्रैकालो बलात्कार
को छ दोषी नारी पुरुषमा कि छन् सरकार नै,
साराको मन दुख्ने किन कालैकालो बलात्कार ।।
***
- डम्बर धिमाल (प्राकृति )
नपा. उर्लाबारी-८,दुर्गापुरी- मोरङ ।

#अन्य


माया

B.G. Dhami

छेकेर कहा छेकिन्छर माया
धम्क्याएर कहा डरछ माया
अजम्बरी छ जस्तोलाग्छ यो
अमर लाग्छ माया

भोक ले भन्दैन जुठो भात
निन्द्रा ले भन्दैन छोटो खाट
मायाले भन्दैन जात भात
येति पबित्र छ यो माया

गोबिन्द सिह धामी
नौगाड ६ सल्याड दार्चुला
हाल ब्याङलोर इन्डिया

#माया / प्रेम


६/अतिभो कि !

Prakrity Dhimal

न्याय मरेको देशमा न्याय खोज्दैछन् जनता
सरकार पाइयो न्याय पाइएन भन्दैछन् जनता
सरकारले नै रैतीलाई मानसिक पीडा दिएपछि
बाटो बाटो न्याय अन्तर्राष्ट्रिय गुहार्दैछ्न जनता ।
***
डम्बर धिमाल ( प्राकृति )
नपा. उर्लाबारी -८, दिर्गापुरी, मोरङ ।

#अन्य


jindagi

Sangit Limbu

जिन्दगी बाट जे जे लिनु छ लिहाल्नुस
समय छदै किनकी जब जिन्दगीले।
लिन थाल्छ नि कसम सास पनि बाकी राख्दैन।।

#माया / प्रेम


५/मुक्तक:

Prakrity Dhimal

आफ्नै मनोमानी राष्ट्रियताको गीत गाउछ
राष्ट्रियवादको नाममा आफ्नै हित छाउछ
स्वयगान्त र वियोगान्त जलेर बग्दैछ यहाँ
अस्तित्वको खेलमा हरपल प्रीत दबाउछ ।
***
यसपालि फेरि आयो पोल पोलमा ओलि
जनताको कर मा झुन्डेर समृद्धिको बोली
याद गराइ दियो नाकाबन्दीको पुर्व घटना
देशको सिमामा जनतामाथि चलायो गोलि ।
***
देश सेवक नै किन गर्दैछन भ्रष्टाचार ??
कहाँ हराए मेरो देशको मानवअधिकार
रैती बिनाको नेता जंगली पशु समान हुन्
गरिब दुखि माथि किन गरे धेरै अत्याचार ।
***
-डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति )
नपा. उर्लाबारी - ८, मोरङ दुर्गापुरी ।

#अन्य


माया

सपना चौधरी

मेरो मायालु कहाँ होलान

#माया / प्रेम


msya

Sagar Himal

म माया गरिरहन्छु
तिमी टाढा भय पनि

#माया / प्रेम


४/ गजल

Prakrity Dhimal

- चेली तिमी

जीवनका पाइलाहरु निरन्तर चाली रहनु तिमी
तब सफलता मिल्ने छ मन संगाली रहनु तिमी ।

जीवनमा धेरै चुनौतीहरु आउनेछन् सामना गर्नु
निरास कैल्यै नहुनु हिम्मतले पगाली रहनु तिमी ।

आत्माविश्वास झन्झन् बढेर पहाड बन्न सकोस्
यात्रामा जोस र जाँगरको दिप बाली रहनु तिमी ।

साहसले नै जिन्दगी जित्न सकिन्छ निश्चय पनि
भित्रि मन र बचनले शुभ कार्य थाली रहनु तिमी ।

संघर्ष नै जीवन हो जो प्राकृतिले सुम्पि देको छ
अटुट पाइलाहरु सधै अगाडि फालि रहनु तिमी ।
***
26/11/018,२०७५ मंसिर १० सोमबार ।
ले. डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति )
नपा- उर्लाबारी - ८ मोरङ दुर्गापुरी ।

#माया / प्रेम


सायरी

B.G. Dhami

तिमी फुल हौत प्रिया म कोपिला हु
तिमी जिवन हौत प्रिया म पानि हु
म फेस बुक हुत प्रिया
तिमी मेसिन्जर हौ

#अन्य