Prakrity Dhimal

सोध्न मन लाग्यो, मेरि प्यारी !


ह्रदय भित्रको ढड्कन किन बढी रहन्छ मेरि रानी
सम्झनाले पिरोली रहदा पारो चढी रहन्छ मेरि रानी ।

म त बुझ्नै सकिराको छैन, तिम्रै यादले पो होकि न ?
के के निहुँमा परि त्यसै आयु घटी रहन्छ मेरि रानी ।

भनी देउ न, मेरि रानी यो के भएको हो दिमागमा
मायाले संसार खोज्ने दिल खटी रहन्छ मेरि रानी ।

आखिर अदृश्य भयेर किन पिर्छौ पियारी तिमी ?
सपनामा पनि दिनरात मन, पढी रहन्छ मेरि रानी ।

कैलेकै त तिमी बिना बाँन्च सकिन्न कि जस्तै लाग्छ
सम्झनाभित्रको मुटुमा सोला गढी रहन्छ मेरि रानी ।।
***
२०७५चैत्र १० आइतबार/ 2019/04/24.

#अन्य