Ramesh Sharma

यो दिल दुखाएर गइ


यो दिलमा बसेर उस्ले दिल दुखाएर गइ
यी आँसु को मुहान सधै फुकाएर गइ ।।

हसाउने र संगै रम्ने हजारौं छन यहाँ
तर दिलमा उस्कै नाम लेखाएर गइ ।।

यति धेरै पिडा दिइ कहिलै पनि नबिर्सिने
मेरो दिललाइ चारै तर्फ डुलाएर गइ ।।

यति माया गर्थे आफु भन्दा अति धरै
थाहा पाइन कसरी त्यो मन बुझाएर गइ ।।
रमेश रोदन शर्मा

#धोका